झापा : झापाको भद्रपुरमा दाजुले छुरा प्रहार गर्दा भाइ घाइते भएका छन्।
भद्रपुर नगरपालिका–५, सुन्दर बस्तीका ३२ वर्षीय कुबराज हस्दाले आफ्नै भाइ ३० वर्षीय बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन्।
सोमबार राति १०ः२० बजे सामान्य विषयमा भनाभन भई विवाद हुँदा कुबराजले भाइलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
छुरा प्रहारबाट बाबुलालको घाँटीको पछाडिको भाग र गालामा चोट लागेको छ। घाइते उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।




