इलाम : इलामको देउमाई नगरपालिका–१, चमैतामा सोमबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
स्थानीयवासीका अनुसार मे १ ज ३०४० नम्बरको सिङ्गर कम्पनीको बोलेरो गाडी दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको हो।
यसअघि पनि सोही क्षेत्रनजिक सिङ्गर कम्पनीकै बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो।
घटनाबारे थप विवरण आउन बाँकी छ। घटनास्थलमा प्रहरी पुगिनसकेको र प्रहरी पुगेपछि मात्रै विस्तृत विवरण प्राप्त हुने जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए।





