शिवसताक्षीमा घरको छतबाट खसेर युवकको मृत्यु

झापा : झापाको शिवसताक्षीमा आफ्नै घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका–९, दुधे शान्तिमार्गका ३० वर्षीय पुजन काम्बाङको आइतबार दिउँसो मृत्यु भएको हो। प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी आफ्नै अढाई तले घरको छतबाट हामफालेका थिए। छतबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक काम्बाङ केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित रहेको र केही दिनअघि मात्रै सुधारगृहबाट घर ल्याइएको प्रारम्भिक विवरणमा उल्लेख छ।

Scroll to Top