काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । शुक्रबार राष्ट्रनिर्माता शाहको सिंहदरबार मूल गेटअगाडि रहेको सालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उनले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।



Leave a Comment