इलाम : इलामको देउमाई नगरपालिका–१, चमैतास्थित चौरी बजारमा बोलेरो दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ।
मृत्यु हुनेमा देउमाई नगरपालिका–१, चमैता निवासी २१ वर्षीय विपिन दियाली रहेका छन्। सोमबार बिहान करिब ६ः३० बजे यात्रु लिन जाँदै गरेको मे १ ज ३०४० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको थियो।
दुर्घटनामा दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






