काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गर्दै आशीर्वाद लिएका छन् ।
यस अवसरमा उनले छोरी ज्वाइँलाई टीका लगाइदिइन् । बालुवाटारस्थित निवासमा भण्डारीले सर्वसाधारण, शुभेच्छुक तथा पार्टीका कार्यकर्तालाई समेत टीका लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गरेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।






