भक्तपुर : भक्तपुर नगरपालिका–९ खौमाका अनिल भुजु ब्रह्मायणी मन्दिरमा शरीरका विभिन्न अङ्गमा बत्ती बालेर पूजा गर्दै। उनले विगत चार वर्षदेखि हरेक विजयादशमीमा टाउको, कुम र कुहिनालगायत शरीरका विभिन्न भागमा दीप प्रज्वलन (म्हाय् मताचागु) गरी तीन–चार घण्टासम्म पूजा गर्दै आएका छन्।






