संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सभामा सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा 

झापा — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताएका छन् ।

झापाको बिर्तामोडमा बिहीबार सत्ता गठबन्धन दलको अन्तरक्रियामा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिनुभएको बताए ।

आगामी माघ ११ गते हुने तय भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोसी प्रदेशबाट उम्मेदवार बनेका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्वपूर्ण काम गरेको बताए । ‘उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रीय समितिमा छलफल र बहस भएको छ । यस विषयमा पार्टीमा मतभेद छैन,’ शर्माले भने ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेद्वार बनेकी चम्पादेवी कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी थिइन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top