अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु

झापा : झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुलेको छ।

अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकनजिकैको भित्री सडकमा सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा स्थानीय जीवन दनुवारकी छोरी जलशा दनुवारको मृत्यु भएको हो।

प्रहरीका अनुसार दिउँसो करिब ३ः४५ बजे घरअगाडि हिँडिरहेकी बालिकालाई प्र१–०२–०२०प ६७६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल अर्जुनधारा नगरपालिका–८ टुथबारी निवासी २० वर्षीय आनन्द घिमिरेले चलाएका थिए।

ठक्करबाट बालिकाको अनुहार, खुट्टा र पेटमा चोट लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले दिउँसो ४ः३० बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न मोटरसाइकल र चालक आनन्द घिमिरेका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Scroll to Top