झापा : झापाको शिवसताक्षी नगरपालिका–११ बाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार बिहान १०ः३० बजे ४८ वर्षीय बमबहादुर लिम्बूलाई पक्राउ गरेको हो।
बाह्रदशी गाउँपालिका–६ बिहीबारे घर भएका लिम्बू शिवसताक्षी–११ मा डेरा गरी बस्दै आएका थिए। प्रहरीले उनको साथबाट प्लास्टिकसहित १३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
पक्राउ परेका लिम्बूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको प्रहरीले जनाएको छ।






