अर्जुनधारामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

झापा : झापाको अर्जुनधारामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका–५ ओमचोकस्थित सीताराम थापाको घरमा बिहीबार राति १०ः१० बजे प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अर्जुनधारा–५ का ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय निरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा एक लाख २२ हजार ७८० रुपैयाँ नगद र दुई बुङ तास बरामद गरेको थियो।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Scroll to Top