काठमाडौं : आर्थिक अपराधको अनुसन्धानमा पुर्याएको योगदानको कदर गर्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी निरीक्षक गणेश पौडेललाई ‘उत्कृष्ट आर्थिक अपराध अनुसन्धानकर्ता’ पुरस्कार प्रदान गरिएको छ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो। आर्थिक अपराधसम्बन्धी अनुसन्धानलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउन पुर्याएको योगदान, कार्यदक्षता तथा व्यावसायिक निष्ठाको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा असोज ३० गते आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पौडेललाई सम्मानपत्र प्रदान गरे।
काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत पौडेलले आर्थिक अपराध अनुसन्धानमा निर्वाह गरेको भूमिकाको कदरस्वरूप उक्त सम्मान प्राप्त गरेका हुन्।






