७१ औँ प्रहरी दिवसमा झापा जिल्ला उत्कृष्ट घोषित, एसपी वसुन्धरा खड्का सम्मानित

झापा : ७१औँ नेपाल प्रहरी दिवस २०८३ को अवसरमा झापा जिल्ला उत्कृष्ट घोषित भएको छ। शान्ति सुरक्षा कायम राख्न तथा प्रहरी सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर गर्दै झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० वसुन्धरा खड्का सम्मानित भएकी छन्।
काठमाडौंमा आयोजित प्रहरी दिवस विशेष समारोहमा प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले एसपी खड्कालाई प्रशंसापत्र प्रदान गरेका हुन्।
झापा जिल्लाले देशभरका जिल्लामध्ये उत्कृष्टको पहिचान बनाउनुमा एसपी खड्काको नेतृत्व तथा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी कर्मचारीहरूको योगदान रहेको जनाइएको छ।
जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्न गरिएको कामको मूल्यांकनका रूपमा यो उपलब्धिलाई हेरिएको छ।
झापा जिल्ला उत्कृष्ट घोषित हुनु र जिल्ला प्रहरी प्रमुख सम्मानित हुनुले जिल्लाको प्रहरी संगठनको कार्यसम्पादनलाई राष्ट्रियस्तरमा पहिचान दिलाएको छ।

Scroll to Top