अनलाइन ठगीमा परेका १७ जनाको १३ लाख बढी रकम फिर्ता

झापा : अनलाइन ठगी र ह्याकिङबाट पीडित बनेका १७ जनाको १३ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराउन झापाको बिर्तामोड प्रहरीले सफलता पाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले पीडितको १३ लाख ११ हजार ६०० रुपैयाँ फिर्ता गराएको कार्यालयका डीएसपी सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार ठगीमा पर्न लागेको रकम प्राविधिक अनुसन्धान तथा बैंकिङ प्रक्रियाको सहयोगमा फिर्ता गराइएको हो ।

अनलाइन ठगी र ह्याकिङसम्बन्धी उजुरीका आधारमा सम्बन्धित व्यक्तिको खातामा रकम फिर्ता गराइएको पाठकले बताए । घटनामा संलग्न एक जना स्क्यामरविरुद्ध मुद्दासमेत चलाइएको उनले जानकारी दिए ।

यसैबीच, प्रहरीले विभिन्न व्यक्तिका हराएका मोबाइल फोन पनि फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको छ । डीएसपी पाठकका अनुसार हराएका १६ जनाका मोबाइल फेला पारी आजै हस्तान्तरण गरिएको हो ।

Scroll to Top