बिर्तामोडमा बिस्कुट अड्किएर तीन वर्षीय बालकको मृत्यु

झापा : झापाको बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किएर एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–९ घर भई हाल बिर्तामोड नगरपालिका–९ स्थित मावलमा बस्दै आएका मनिश पाठकका छोरा हरिराम पाठक रहेका छन् ।

प्रहरीका अनुसार आज दिउँसो ४ः४० बजे बिस्कुट घाँटीमा अड्किएपछि बालक सिकिस्त बनेका थिए । उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पताल पुर्‍याइएको थियो । साँझ ५ः१५ बजे चिकित्सकले जाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Scroll to Top