सञ्जु भारती क्षेत्रीय सभापतिमा सर्वसम्मत, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत चयन

झापा : नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षबाट झापा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सञ्जु भारतीको नेतृत्वमा क्षेत्रीय समिति सर्वसम्मत चयन गरेको छ।

अधिवेशनबाट क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र (क) को सभापतिमा सपना डाँगी र (ख) को सभापतिमा निरज ढकाल चयन भएका छन्। दुवै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्वसहित समिति गठन गरिएको हो।

क्षेत्रीय अधिवेशनले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ। महासमिति सदस्यमा खुला कोटाबाट विवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाईं, ओमकृष्ण बिमली र मदन बुढाथोकी निर्विरोध चयन भएका छन्।

त्यसैगरी महिला खुला कोटाबाट मीरा खड्का र टीका मैनाली तथा समावेशी महिला कोटाबाट राधिका चुडाल सर्वसम्मत चयन भएका छन्। समावेशी कोटाबाट दीपेन्द्र कार्की, नारायणप्रसाद पौडेल र अशोक चौधरी चयन भएका छन्।

२८ वर्षमुनिका नवयुवा कोटाबाट खुसी सिटौला तथा ४० वर्षमुनिका युवा कोटाबाट प्रवेश बस्नेत चयन भएका छन्।

यसअघि सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट खुला कोटामा विवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाईं, ओमकृष्ण बिमली, मदन बुढाथोकी, पदमसुन्दर लामिछाने, विष्णु खरेल, मेघराज ढकाल (राज), सीताराम सिटौला र दीपककिशोर घिमिरे निर्वाचित भएका थिए।

महिला खुला कोटाबाट मीरा खड्का, टीका मैनाली, पार्वता खरेल र सुशीला संग्रौला निर्वाचित भएका छन्।

समावेशी कोटाबाट दीपेन्द्र कार्की (दीपक), नारायणप्रसाद पौडेल, युवराज दाहाल, भक्तिप्रसाद गौतम, नारायण भारती, राधिका चुडाल, गोमा दंगाल, अशोक चौधरी, पाण्डवलाल चौधरी, राजनारायण साह र टेकबहादुर सार्की निर्वाचित भएका छन्।

त्यसैगरी २८ वर्षमुनिका नवयुवा कोटाबाट खुसी सिटौला र नैतिक अग्रवाल तथा ४० वर्षमुनिका युवा कोटाबाट प्रवेश बस्नेत र अभिषेक रिजाल चयन भएका छन्। प्रजातन्त्र सेनानी तथा द्वन्द्वपीडित कोटाबाट डिल्लीराम सिटौला र सुमन पोद्दार चयन भएका छन्।

विज्ञ कोटाबाट नारायणप्रसाद पौडेल र श्रमिक कोटाबाट देवीप्रसाद कार्की निर्वाचित भएका छन्। अपांगता कोटाबाट भीमबहादुर चेम्जोङ सर्वसम्मत चयन भएका छन् भने अन्य कोटाबाट दीपेन चौधरी र सञ्जय न्यौपाने निर्वाचित भएका छन्। निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको निर्वाचन अधिकृत अनुषा चुडालले जानकारी दिइन्।

Scroll to Top