वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा बिहीबार ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न दर्शक खचाखच थिए ।

प्यारापिटसहितको रंगशाला नभएकाले दर्शकको सुविधाका लागि आयोजकले खेल मैदानमा १३ वटा बस राखेर खेल हेर्न सहज बनाइदिएका थिए ।पुस २० देखि सञ्चालित प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीलाई ३–१ ले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।




Leave a Comment
You must be logged in to post a comment.