अर्जुनधारामा बञ्चरो प्रहारबाट ७० वर्षीय वृद्धको हत्या

झापा : झापाको अर्जुनधारा नगरपालिका–७ दाहालचोकमा बञ्चरो प्रहार गरी ७० वर्षीय वृद्धको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केही समय अघि भएको घटनामा स्थानीय दुर्गाबहादुर बस्नेतको मृत्यु भएको हो। उनको घाँटीमा बञ्चरो प्रहारबाट गहिरो चोट लागेको जस्तो देखिएको बताइएको छ।
घटनास्थलमा रगत लतपतिएको बञ्चरोसमेत फेला परेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको पहिचान र हत्याको कारणबारे प्रहरीले खुलाएको छैन।
घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ। मृतकको शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
वृद्धको हत्या के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको नेतृत्वमा प्रहरी टोली गएको जिल्ला प्रहरी कायाृलय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

Scroll to Top