झापा : हिमशिखर टेलिभिजनमा कार्यरत पत्रकार ग्रिष्मा सापकोटा सम्मानित भएकी छन् ।
नेपाल प्रेस युनियन झापाकी सदस्य समेत रहेकी सापकोटालाई युवा शिखर सम्मेलन २०२६ का अवसरमा टेलिभिजन कार्यक्रम प्रस्तुतीकरणमार्फत सूचना, सञ्चार र मनोरञ्जनका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।
झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच झापामा साढे चार वर्षदेखि टेलिभिजनमा कार्यरत पत्रकार सापकोटालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष तथा झापा गोल्डकपका पूर्व अध्यक्ष जलकुमार गुरुङले सापकोटालाई सम्मानपत्र प्रदान गरेका थिए ।
सूर्योदय टेलिभिजनमा समेत यस अघि कार्यरत रहेकी सापकोटा हाल हिमशिखर टेलिभिजनमा समाचार बाचनसंगै विभिन्न कायृक्रम सञ्चालन गर्दै आएकी छिन् ।
सम्मानपत्रमा उनको स्पष्ट वाचन, कुशल प्रस्तुति र प्रभावकारी सञ्चार कलाको प्रशंसा गर्दै नागरिकलाई सुसूचित गराउने तथा समाजका यथार्थपरक विषयवस्तु उठान गर्ने कार्यको मूल्याङ्कन गरिएको छ । उनको निरन्तरता र समर्पणले युवा तथा नवसञ्चारकर्मीलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।
मिसन झापाका अध्यक्ष माधव कुमार झा र पूर्व ग्रुपका अध्यक्ष सुसन राउतले हस्ताक्षर गरेको सम्मानपत्रमा सापकोटाको व्यावसायिक यात्राको सफलतासँगै आगामी दिनमा थप प्रगति र सफलताको शुभकामना व्यक्त गरिएको छ ।






