आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं : बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ ।

धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःखकष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ । नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती र देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने चलन छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो । आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनको चहलपहल बढेको छ ।

Scroll to Top