झापा : झापाको बिर्तामोडस्थित बुधवारे बजारबाट व्यापारीहरूलाई हटाएर खाली गराइएको जग्गामा आकर्षक पार्क निर्माण हुने भएको छ। बिर्तामोड नगरपालिकाले उक्त स्थानमा पार्क निर्माणका लागि ५ करोड ४७ लाख रुपैयाँको लागतमा ठेक्का आह्वान गरेको छ।
नगरपालिकाले अघि बढाएको योजनाअनुसार निर्माण हुने पार्क १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ। पार्क निर्माण भएपछि बजार क्षेत्रको स्वरूप परिवर्तन हुनुका साथै स्थानीय बासिन्दा र आगन्तुकका लागि घुमफिर तथा विश्राम गर्ने सार्वजनिक स्थल उपलब्ध हुने अपेक्षा गरिएको छ।
पार्कको डिजाइनअनुसार उक्त स्थानलाई आकर्षक र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने योजना छ। बजार क्षेत्रको खाली जग्गालाई व्यवस्थित उपयोग गर्दै सार्वजनिक पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजनाले बिर्तामोडको सहरी सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पार्क निर्माणका लागि ठेक्का आह्वान भएसँगै अब निर्माण प्रक्रिया अघि बढ्नेछ। निर्धारित समयसीमाभित्र काम सम्पन्न भएमा १८ महिनामा बिर्तामोडले नयाँ पार्क पाउनेछ।






